भारतमा कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ।
गएको २४ घण्टामा भारतमा ८२ हजा १ सय ७० नयाँ कोरोना संक्रमित थपिएसँगै भारतमा ६० लाखभन्दा बढीमा कोरोना पुष्टि भएको हो।
यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ६० लाख ७४ हजार पुगेको छ।
यस्तै भारतमा एकैदिनमा एक हजार ३९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। यससँगै यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार ५ सय ४२ पुगेको छ।
भारत कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको विश्वकै दोस्रो मुलुक हो। भारतभन्दा बढी संक्रमित राष्ट्र भने अमेरिका हो। जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार त्यहाँ ७० लाखभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ। एजेन्सी