• बिहिबार, साउन १४ २०८३

दुई जना फरार प्रतिवादी पक्राउ


सोमबार, असोज १२ २०७७
1.4K
Shares

गोरखा । लामो समय देखि फरार दुई प्रतिवादी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार सवारी ज्यान मुद्धाका फरार प्रतिवादी ४१ वर्षीय सानुबाबु बानियाँलाई आइतबार नियन्त्रणमा लिएको हो । जिल्ला अदालत गोरखाले दोषी प्रमाणित गरी १ हजार ६२५ रुपैयाँ जरिवाना तोकेको थियो ।

भीमसेन थापा गाउँपालिका १ निवासी कान्छा भनिने वानियाँ उक्त रकम नतिरी फरार भएका थिए । यसैगरी केही सार्वजानिक मुद्धामा दोषी प्रमाणित भएका गोरखा नगरपालिका १२ निवासी सुरज कुमाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

अदालतले तोकेको १ हजार जरिबाना नतिरी उनी पनि फरार भएका थिए । लुकिछिपी बसेको अबस्था उनीहरुलाई पक्राउ गरी सजाय भुक्तानीका लागि जिल्ला अदालत गोरखामा बुझाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

फरार प्रतिवादी खोजी अभियानलाई तिब्रता दिएको प्रहरीले आर्थिक चालु आर्थिक वर्षमा ७८ जनालाई पक्राउ गरी सजाय भुक्तानीका लागि अदालतमा पेश गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार