गोरखा । नेपाली सेना निर्माण गरेको एक विद्यालय आइतबार हस्तान्तरण भएको छ । गोरखा नगरपालिका ८ स्थित भूपु सैनिक आवासिय विद्यालयमा निर्माण भएको ४ कोठ भवन एक कार्यक्रमका वीच हस्तान्तरण गरिएको रणसिहं दल गण गोरखाका गणपती उज्वल केसीले जानकारी दिए ।
नेपाल राष्ट्रिय भूपु सैनिक संघ गोरखाका अध्यक्ष हितमान सिं बस्नेतलाई भवनको चावी हस्तान्तरण गरिएको थियोे । २०७२ साल बैशाख १२ गते गएको भूकम्पले भत्काएपछिसेना २४ लाख लागतमा सेनाले उक्त विद्यालय निर्माण गरिदिएको हो ।
आइतबार एक कार्यक्रमका वीच नेपाली सेनाका ३ नम्बर बाहिनीपति सहायक रथी सागरबहादुर थापाले नवनिर्मित भवनको उद्घाट गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रम बोल्दै सहायक रथी थापाले भवन निर्माण नेपाली सेना, भूतपूर्व सैनिक, तिनका परिवार र आम सर्वसाधरणको सम्बन्ध थप सुमधुर बनाएको बताए । सेनाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उनको विश्वास छ ।
उक्त भवन २०७६ पुसबाट निर्माण सुरु भएको थियो । भूतपूर्व सैनिक संघ गोरखाले २०६७ सालमा उक्त विद्यालय सञ्चालनमा ल्याएको हो । सुरुमा पूर्व शिशु स्याहार केन्द्रको रुपमा खोलिएको विद्यालयमा अहिले कक्षा ६ सम्म पढाई हुन्छ ।
अहिले नेपाली सेना, भूपु सैनिक अन्य सर्वसाधारणको परिवारका गरी २०० विद्यार्थी अध्ययनरत रहेको व्यवस्थापन समितिकी अध्यक्ष गोमा दुवाडीले जानकारी दिइन ।