• शनिबार, असोज १७ २०८३

आइतबार कोरोनाबाट थप १० जनाको मृत्यु


आइतबार, असोज ११ २०७७
725
Shares


नेपालमा कोरोना भाइरसको संक्रमणबात थप १० जनाको निधन भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका ५ जनासहित देशभरमा थप १० जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा १ महिला र ९ पुरुष रहेका छन्।

मृत्यु हुनेमा काठमाडौँका १ महिलासहित ३, ललितपुरका २, बर्दियाका २, बारा, रुपन्देही र अछामका १/१ जना रहेको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ। यो कूल संक्रमितमध्येको ०.६५ प्रतिशत हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार