• शनिबार, असोज १७ २०८३

सिनेमाघर खोल्ने अनुमति दियो


आइतबार, असोज ११ २०७७
740
Shares

कोरोना भाइरस महामारीका कारण बन्द रहेका सिनेमाघरलाई भारतको पश्चिम बंगाल सरकारले अक्टुबर १ देखि खोल्न दिने निर्णय गरेको छ।

राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले ट्विट गर्दै सोको जानकारी दिएकी हुन्।

निर्णय अनुसार सिनेमाहलका अलावा रंगमञ्च, संगीत, नृत्य तथा जादूसम्बन्धी क्रियाकलाप गर्ने अनुमति पनि दिइएको छ।

यस्तै एकपटकमा ५० वा सोभन्दा कम संख्यामा पनि मानिसहरू जमघट गर्न पाउनेछन्।

यसैगरी सबै क्षेत्रमा सामाजिक दूरीको पालना, मास्कको प्रयोग र रोकथामका नियमहरूको अनिवार्य पालना गर्नुपर्नेछ।

मार्चदेबन्द सिनेमा हल खोल्न दिने बंगाल पहिलो भारतीय राज्य हो।बन्द सिनेमा हल खोल्न दिने बंगाल पहिलो भारतीय राज्य हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार