• बिहिबार, साउन १४ २०८३

खोलाले बगाउँदा दम्पतीको मृत्यु


आइतबार, असोज ११ २०७७
965
Shares

काठमाडौँ । खोलाले बगाउँदा एक दम्पतीको मृत्यु भएको छ । मकवानपुरमा सामरी खोलाले बगाउँदा आइतबार एक दम्पतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका—६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी श्रीमती ६१ वर्षीया तुलसा परियार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

गाउँपालिकाको झल्ला भन्ने ठाउँमा सामरी खोला तर्ने क्रममा आइतबार बिहान उनीहरुलाई खोलाले बगाएको हो ।

उनीहरुलाई खोलाले बगाएर करिब ६५ मिटर तल पुर्‍याएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घट्नास्थलतर्फ गएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार