• बिहिबार, साउन १४ २०८३

ध्रुव र निरुले ल्याए ‘यो कस्तो माया’ (भिडियोसहित)


आइतबार, असोज ११ २०७७
635
Shares


काठमाडौँ । ‘यो कस्तो माया’ गीतकार ज्योती गुरुङको नयाँ गीत भिडियोसहित सार्वजनिक भएको छ । प्रेम वियोगको कथालाई मर्मस्पर्शी रुपमा प्रस्तुत गरिएको भिडियोमा ध्रुव दत्त, निरु कोइराला र आस्था जोशी बटाजुको अभिनय रहेको छ ।

लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको गीतमा संगीत अर्जुन सुनमले साथ दिएका छन् । भिडियो कुशल श्रेष्ठले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा एउटी नारी आर्दश प्रेमको विश्वासमा पर्दा पुरुषबाट पाएको धोका देखाउन खोजिएको निर्देशक श्रेष्ठले बताए । बेलायतमा छायाँकन भएको भिडियो छायाँकन तथा सम्पादन समेत निर्देशक श्रेष्ठले गरेका हुन् ।

https://youtu.be/d7vvpc5tK_M

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार