नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा होम क्वारेन्टिनमा बसेका छन्।
सरकारी निवास शशि भवनमा कार्यरत भान्सेमा कोरोनाभाइरसको संक्रमण देखिएपछि आइतबारदेखि प्रधानसेनापति थापा होम क्वारेन्टिन बसेका हुन्।
थापाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होम क्वारेन्टिन बसेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।