• आइतबार, भाद्र ७ २०८३

अवैध अफिम कारोबारमा संलग्न गोरखाका एकसहित तीन जना पक्राउ


आइतबार, असोज ११ २०७७
795
Shares


पोखराबाट नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोले साढे १० किलो लागु औषध अफिमसहित गोरखाका एकसहित तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं र पोखराबाट खटिएको व्युरोको टोलीले प्रहरीको विशेष सुराकीका आधारमा शनिबार ११ बजे पोखरा महानगरपालिका ६ स्कुलमार्गबाट तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिका–१का ५० वर्षीय गज पुन, ४० वर्षीय चक्कर बहादुर पुन र गोरखा बारपाक सुलिकोट गाउँपालिका– ६ का २४ वर्षीय रवि गुरुङ छन्।

उनीहरूबाट प्रहरीले १० किलो ५०० ग्राम अफिमसहित लागु औषध नाप्ने डिजिटल तराजु समेत बरामद गरेको छ।

उनीहरूले अफिम प्रतिकिलो तीन लाखमा बेच्न लागेको तर, कसलाई बेच्न लग्दै थिए भन्ने कुरा अहिले सम्म पनि नखुलेको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कुमार महतले बताए।

उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय, कास्कीले लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान थालेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार