काठमाडौं । कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएको छ ।
ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा भक्तपुरकी ५४ वर्षीया पुण्यशोभा शिल्पकारको आइतबार मृत्यु भएको हो ।
उनलाई कोरोना पोजेटिभ देखिएलगत्तै भदौ २९ गते अस्पताल भर्ना गरिएको थियो । उनको शव कोरोना प्रोटोकलअनुसार व्यवस्थापन गर्ने तयारी भैरहेको जनाइएको छ ।