• शनिबार, असोज १७ २०८३

गण्डकीमा थपिए कोरोनाका ७१ जना नयाँ संक्रमित


आइतबार, असोज ११ २०७७
740
Shares


आइतबार गण्डकी प्रदेशमा ७१ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

बागलुङका ३१, कास्की २१, लमजुङ १६ र नवलपरासी पूर्वका ३ जना गरी ७१ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

संक्रमितहरुमध्ये पोखरा महानगरपालिकाका–३ का २७ र १५ का ३८ वर्षीय दुई पुरुष नेपाल प्रहरीमा कार्यरत रहेका छन् भने वार्ड नं ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका लागि काम गर्ने कामदार रहेका छन्।

त्यस्तै लमजुङको मध्यनेपाल–६ का ३५ वर्षीय पुरुष स्थानीय स्कुलका शिक्षक रहेका छन् भने बागलुङका धेरैजसो संक्रमित विदेशबाट आई क्वारेन्टाइनमा बसेका व्यक्ति रहेको निर्देशक शर्माले जानकारी दिए। अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन्। सबै संक्रमितलाई अहिले आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ४४ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार