• शनिबार, असोज १७ २०८३

कोरोनाबाट एक कर्मचारीको मृत्यु


आइतबार, असोज ११ २०७७
720
Shares


कोरोना संक्रणमबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ।

नेपालगन्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ४७ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मधुमेहको समस्या रहेका ती पुरुषको गत भदौ २९ गते स्वाब लिएर कोरोना परीक्षण गरिएको थियो। भदौ ३१ गते उनमा कोरोना पुष्टि भएको थियो। दुवैतिरको फोक्सोमा निमोनिया र मधुमेहको समस्या देखिएपछि उनीलाई भदौ ३१ गते शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।

बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ जना पुगेको छ। मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले समन्वय र तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार