• आइतबार, भाद्र ७ २०८३

कोरोनाबाट विदेशमा थप २१ नेपालीको मृत्यु


आइतबार, असोज ११ २०७७
700
Shares

काठमाडौँ । बितेको एक सातामा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप २१ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार गत सातामात्रै साउदी अरेबियामा १४, कुवेतमा ५, यूएईमा १ र युगान्डामा १ जना गरी शनिबार साँझसम्म थप २१ जनाको मृत्यु भएको हो।

संक्रमणका कारण अहिलेसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको ज्यान गइसकेको एनआरएनएले जनाएको छ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली भाइरसबाट संक्रमति भएका छन्।

तीमध्ये ३५ हजार ७८ जना संक्रमण मुक्त भएका छन्। यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो।

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता पोर्चुगल, बेलायत, साउदी अरेबिया, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा भाइरसको संक्रमण देखिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार