• बिहिबार, साउन १४ २०८३

अमेरिकाबाट गण्डकीको एक विद्यालयलाई सहयोग


आइतबार, असोज ११ २०७७
1.1K
Shares

रबिकिरण रेग्मी, गोरखा

गण्डकी गाउँपालिका घर भई हाल अमेरिका बस्ने कुशल रेग्मीले गोरखाको एक विधालयलाई स्वस्थ्य सामाग्री सहयोग पठाएका छन् ।

रेग्मीले गण्डकी गाउँपालिका ७ शितलडांडामा रहेको श्री शिव आधारभूत विधालयको विद्यार्थी तथा शिक्षकहरुलाई आवश्यक पर्ने सवस्थ्य सामाग्रीहरु पठाएका हुन् ।

जसमा सर्जिकल मास्क, थर्मलगन,स्यानिटाइजर, हातधुने साबुन लगायतका कोभीड—१९ बाट बच्ने सामाग्रीहरु उपलब्ध गराएका हुन् ।

उक्त सामाग्री एक कार्यक्रमका बिच उनकी आमा भगवती रेग्मीले विधालयका प्रधानाध्यापक प्रकाश रेग्मीलाई हस्तान्तरण गरेकी छिन् । रेग्मी उक्त विद्यालयका पुर्व शिक्षक समेत हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार