• बिहिबार, साउन १४ २०८३

कोरोनाबाट थप एकको मृत्यु


आइतबार, असोज ११ २०७७
1K
Shares


काठमाडौँ । कोरोना संक्रमणबाट झापामा थप एक जनाको मृत्यु भएको छ । ती पुरुषको उपचारको क्रममा शनिबार राती मृत्यु भएको हो ।

कोभिड अस्पताल विराटनगरमा झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार राति मृत्यु भएको नगरप्रमुख राजेन्द्र पोखरेलले बताए ।

उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए । कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने उनले बताए ।

कोरोना सङ्क्रमणका कारण झापा जिल्लामा अहिलेसम्ममा सात जनाको मृत्यु भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार