• बिहिबार, साउन १४ २०८३

नेपालमा कोरोनाबाट थप एकको मृत्यु


आइतबार, असोज ११ २०७७
645
Shares


कोरोना संक्रमणबाट अछाममा थप एक जनाको मृत्यु भएको छ ।

अछाम जिल्ला अस्पतालमा उपचारको क्रममा बान्नीगढी जयगढी गाउँपालिका—३ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या भएपछि हिजो बिहान अस्पताल पुर्‍याइएको थियो । उपचारको क्रममा शनिबार राति ९ बजे उनको मृत्यु भयो स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुंगानाले बताए ।

गत भदौ २५ गते भारतबाट फर्किएका उनलाई बान्नीगढ जयगढ गाउँपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो। त्यहाँ रहेका उनीसहित १९ जनाको कोरोना परीक्षण गर्दा सबैमा संक्रमण पुष्टि भएको थियो।

अस्पतालमा भेन्टिलेटर तथा आईसीयू सेवा नहुँदा संक्रमितलाई बचाउन नसकिएको बान्नीगढी जयगढी गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार