गोरखा । सुशासन प्रवद्र्धनका लागि गोरखामा कृयाशिल गैरसरकारी संस्थाहरुले संयुक्त प्रतिवद्धता ब्यक्त गरेका छन ।
४१ औ सामाजिक सेवा दिवशका अवसरमा गैरसरकारी संस्था महासंघ गोरखा र सोच नेपालको संयुक्त आयोजनामा सदरमुकाममा भएको बैठकमा जिल्लामा कृयाशिल गैससहरुले सुशासन प्रवद्र्धनमा सामुहिक प्रतिवद्धता गरेका हुन ।
बैठकमा सहभागी १४ संस्थाका प्रमुख एवं प्रतिनिधीहरुले सुशासन प्रवद्र्धनका ८ क्षेत्रहरुको कार्यान्वयनका लागि लिखित प्रतिवद्धता जनाएको महासंघका गोरखा अध्यक्ष सीताराम श्रेष्ठले जानकारी दिए ।
प्रतिवद्धता जनाएका आठ क्षेत्रका ३४ वटा सूचकहरु छन् । प्रतिवद्धता जनाइएका स्शासनका क्षेत्रहरुमा सहभागिता, कानूनको शासन, पारदर्शिता, जवाफदेहिता, सहमती र सुझबुझ, प्रभावकारिता र कार्यदक्षता, उत्तरदायित्व र रणनीतिक दृष्टिकोण रहेका छन् ।
जसमा साधारण सभा, अधिवेशन, विधानको कार्यान्वयनको पक्ष, कर्मचारी नियुक्तीका प्रकृया, खरिद विक्री, लेखा परिक्षण, समन्वय, सूचनाको हकको प्रयोग, पारदर्शिता, जवाफदेहिता, कर्मचारीको अनुशासन, कार्यसमिति चयन, अनुगमन, समिक्षा लगायतका सूचकहरु रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
गैरसरकारी संघसंस्थाहरुले सञ्चालन गर्ने कार्यक्रम, परियोजना तथा संस्था सञ्चालनका क्रममा जवाफदेहिता, पारदर्शिता कायम गर्दै सुशासन प्रवद्र्धनमा एक जुट हुदै समाजमा सकरात्मक सन्देश प्रवाह गर्न सामुहिक प्रतिवद्धता जनाइएको बताइएको छ ।
‘हामीले सबै जसो सुशासनका स्ुचकहरुको पालना त गर्दै नै आएका छौ, केहि छुटेका हुन सक्छन’ महासंघका जिल्ला अध्यक्ष श्रेष्ठले भने ‘अरु निकायलाई समेत सकरात्मक सन्देश दिन हामीले लिखित रुपमा संयुक्त प्रतिवद्धता जनाएका हौ ।’
श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा गैसस महासंघका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश संयोजक काजीराम रोकाले सुशासन प्रवद्र्धनका लागि गरिएका प्रतिवद्धता माइनुटमा मात्रै सिमित हुन नहुने र कार्यान्वयनका लागि सबैले इमान्दारपूर्वक लाग्नुपर्नेमा जोड दिएका छन् । उनले गैससहरुको पारदर्शिता र जवाफदेहिता कार्यान्वयनको पाटोमा महासंघले अनुगमन गर्नुपर्ने बताए ।
बैठकमा महासंघ गोरखाका उपाध्यक्ष एवं गोरेटो गोरखाका पुरुषोत्तम ढकाल, सचिव एवं एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटा, कोषाध्यक्ष रामबाबु ढकाल, सदस्य कमल लामिछाने, पद्धती विकास सेवा केन्द्रका कार्यकारी निर्देशक कमला लामिछाने, स्वाँरा सघन गाउँविकास केन्द्रका दोर्णचार्य तिमिल्सिना लगायतले बोलेका थिए ।
बैठकमा बोल्ने अधिकांश वक्ताहरुले नागरिक समाज संघसंसथाहरुका समेत धेरै कमीकमजोरी रहेकाले सच्याएर अघि बढ्नुपर्ने बताएका थिए ।
महासंघले ४१ औ सामाजिक सेवा दिवशका अवसरमा यसअघि जिल्ला प्रहरी कार्यालयमा स्वास्थ्य सामाग्री सहयोग तथा २५ जना जेष्ठनागरिकलाई सम्मान समेत गरिसकेको जनाएको छ । त्यस्तै साेच नेपालले गोरखामा पारस्परिक जवाफदेहिता परियाेयाेजना अन्तरगत झण्डै साढे ३ बर्षअघिदेखि सुशासन प्रवर्द्धन सम्बन्धी बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।
हेर्नुस संयुक्त प्रतिवद्धताका क्षेत्र र सुचकहरु :

