• बिहिबार, साउन १४ २०८३

साउनयता तरकारीको मूल्य २८ प्रतिशतले बढ्यो


शनिबार, असोज १० २०७७
735
Shares

नेपाल राष्ट्र बैंकले साउन महिनामा तरकारी, गेडागुडी तथा माछामासुको मूल्य उच्च वृद्धि भएको जनाएको छ । आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनाको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनक गर्दै महिनामा तरकारी, गेडागुडी तथा माछामासुको मूल्य अत्यधिक बढेको बताएको हो ।

राष्ट्र बैंकका अनुसार २०७७ असारको तुलनामा २०७७ साउनमा तरकारीको मूल्य २८.२१ प्रतिशतले बढेकोछ । २०७६ साउनको तुलनामा २०७७ साउनमा दाल तथा गेडागुडी, माछा तथा मासु र सुर्तिजन्य वस्तुको मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैंकले बताएको छ ।

उता उपभोक्ता मुद्रास्फीति भने ५० प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ । शुक्रबार सार्वजनिक अध्ययन प्रतिवेदन अनुसार २०७७ साउनमा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.९५ प्रतिशत रहेको थियो । साउनमा  खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.३८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.०४ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार साउन महिनामा काठमाडौं उपत्यकामा ३.३१ प्रतिशत, तराईमा ४.०२ प्रतिशत, पहाडमा २.७२ प्रतिशत र हिमालमा ४.०७ प्रतिशत मुद्रास्फीति रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार