• आइतबार, भाद्र ७ २०८३

सन्दीप आवद्ध दिल्लीको लगातार दोस्रो जित


शनिबार, असोज १० २०७७
910
Shares

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित हात पारेको छ। 

शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गर्दै दिल्लीले दोस्रो जित हात पारेको हो। यसअघि दिल्लीले किंग्स एल्यावेन पन्जाबलाई हराएको थियो।

दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नाई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रनमा रोकियो।

चेन्नईका लागि फाप डु प्लेसिसले ४३ र केदार जाधबले २६ रन जोडे। दिल्लीका कागिसो राबडाले ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो।

उसका ओपनर पृथ्वी शले ४३ बलमा ९ चौका र १ छक्कासहित ६४ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै शिखर धवनले ३५ रन जोडे।

चेन्नाईका पियुस चावालाले २ विकेट लिए।

दिल्लीको यस खेलमा पनि सन्दीपले मौका पाएनन। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार