• शुक्रबार, असोज १६ २०८३

नक्कली नोट छापेर सक्कली सुन किन्ने पक्राउ


शनिबार, असोज १० २०७७
810
Shares

प्रहरीले घरमै नक्कली नोट छापेर गहना पसलेलाई ठग्ने दुई जनालाई पक्राउ गरेको छ।

असोज १ गते ललितपुरको ताल्छिखेलस्थित डम्बरबहादुर रिजालको जयमाँ जेम्स एण्ड ज्वेलरी हाउसबाट सुनको हार किन्दा नक्कली नोट दिएर फरार भएका दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा काठमाडौंको टेकु घर भई भक्तपुरको सल्लाघारी बस्ने २८ वर्षीय ईक्युज तुलाधर, र असनका २७ वर्षीय अजय महर्जन रहेका छन्।

उनीहरुले नक्कली नोट आफैँ छाप्ने गरेको पाइएको छ। नक्कली नोट छाप्ने मेसिन पनि प्रहरीले बरामद गरेको छ।

एउटा नोट प्रिन्ट मेशिन, एउटा ल्यापटप र सीपीयू प्रहरीले बरामद गरेको छ। यस्तै एक हजार दरका ४ लाख ६५ थान र सक्कली ३७ थान नोट पनि बरामद भएको छ।

पक्राउ परेकाविरुद्ध जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार