• बिहिबार, साउन १४ २०८३

तीन दिनदेखि हराइरहेकाको शव फेला


शुक्रबार, असोज ९ २०७७
685
Shares


काठमाडौँ ।अविराल वर्षा सँगै आएको बाढीले गाडी बगाउँदा तीन दिनदेखी बेपत्ता रहेका विद्युत प्राधिकरणको जीतपुर फ्यूज सेवा कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलको शव शुक्रबार दिउँसो फेला परेको छ ।

उनको शव कपिलवस्तु नगरपालिका–६, सगरहवास्थित वाणगंगा खोला छेउ भेटिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक नवराज अधिकारीले बताए । उनको शव २ दिन खोजी गर्दा पनि भेटिएको थिएन् ।

वाणगंगा नगरपालिकास्थित भलवार्ड नजिक कोईली खोलाको कजवेमा बुधबार दिउँसो बाढीले प्राधिकरणको जीतपुर फ्यूज सेवा कार्यालयको बा १ ञ १०८९ नम्बरको पजेरो बगाउँदा उनीसहित ३ जना बेपत्ता भएका थिए ।

बुधबारै साँझ कार्यालयका हेल्पर तथा चालक माधवप्रसाद पाण्डेको शव फेला परेको थियो । बिहीबार दिउँसो घटनास्थलदेखि ५ किमी दक्षिण भगलापुर नजिक वाणगंगा खोला किनारमा केशवप्रसाद भाटको शव फेला परेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार