• सोमबार, साउन ११ २०८३

एकै दिन १४ सय ५५ जना कोरोनामुक्त


शुक्रबार, असोज ९ २०७७
930
Shares

काठमाडौँ — नेपालमा २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ४ सय ५५ रहेको छ । योसँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ९ लाख ६८ हजार १ सय ८५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार २ सय ६२ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ४ सय ६४ जना रहेका छन् ।त्यसैगरी सकृय संक्रमितको संख्या १८ हजार २ सय ८९ जना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार