• सोमबार, साउन ११ २०८३

उपत्यकामा थपिए ६ सय ४५ कोरोना संक्रमित


शुक्रबार, असोज ९ २०७७
840
Shares


काठमाडौं उपत्यकामा थप ६ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

तीमध्ये काठमाडौंका ५ सय ३ जना, भक्तपुरका ५१ जना र ललितपुरका ९१ जना छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालभर थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै, १४५५ निको भई घर फर्किसकेका छन्।

पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार