• सोमबार, साउन ११ २०८३

शुक्रबार थप १३ सय १३ जनामा संक्रमण पुष्टि


शुक्रबार, असोज ९ २०७७
735
Shares


नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १२ हजार २ सय ६२ पीसीआर परीक्षण भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५५ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ।

कोरोना निको हुनेको प्रतिशत ७३.४ रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार