• आइतबार, साउन ३१ २०८३

गण्डकीमा थपिए कोरोनाका ४१ जना संक्रमित


शुक्रबार, असोज ९ २०७७
860
Shares


गण्डकी प्रदेशमा कोरोनाका ४१ जना नयाँ संक्रमित थपिएका छन् ।

शुक्रबार क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा थप ४१ जनामा कोरोना संक्रमण भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनाले शुक्रबार मध्यान्ह दिएको जानकारी अनुसार प्रदेशका कास्कीमा १७, गोरखामा १२, नवलपरासी पूर्वमा ९ र लमजुङमा ३ गरी ४१ जना नयाँ संक्रमित थपिएका हुन्।

संक्रमितहरुमध्ये पोखरा महानगरपालिका–१७ का २४ वर्षीय पुरुष भाटभटेनी सुपरमार्केटमा कार्यरत रहेको र पोखरा महानगरपालिका वार्ड नं ३० र २९ का २१ र ४९ बर्षका पुरुष र लमजुङ जिल्ला, राईनासका २१ बर्षीय पुरुष गरि ३ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए।

त्यस्तै गोरखा भीमसेन–३ का २४ र ३३ वर्षका पुरुषहरु सोही पालिकाका क्रमशः मोटरसाइकल वर्कशप र पुनर्निर्माण परियोजनामा कार्यरत रहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। अन्य संक्रमितहरु भने कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेका हुन्। संक्रमित सबैलाई आइसोलेसन केन्द्र लैजाने तयारी भइरहेको उनले जनाकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ४५ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार