• सोमबार, साउन ११ २०८३

कोरोना भाइरसविरुद्धको खोप आगामी वर्षको सुरुमा आउँछः सिनोभ्याक


शुक्रबार, असोज ९ २०७७
920
Shares


एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोना भाइरसविरुद्धको खोप ‘कोरोनाभ्याक’ सन् २०२१ मा तयार हुने बताएको छ।

कम्पनीले यो खोप संयुक्तराज्य अमेरिकासमेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ।

सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्तराज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडिएसमक्ष आवेदन दिइने बताए।

यीनले आफूले व्यक्तिगत रुपमा पनि कोरोनाभ्याक लगाइसकेको जानकारी दिए।

“सुरुमा हाम्रो रणनीति चीन र वुहानका लागि डिजाइन गरिएको थियो। तर, जुन र जुलाईमा हामीले हाम्रो रणनीतिमा परिमार्जन ग¥यौं। हामीले यो भ्याक्सिन विश्वमै आवश्यक भइसकेको बुझ्यौं,” यीनले भने।

“हाम्रो लक्ष्य अमेरिका, युरोपेली संघ र अन्य मुलुक लगायत विश्वलाई खोप प्रदान गर्नु हो,” यीले भनेका छन्।

अमेरिका, युरोपेली युनियन, जापान र अष्ट्रेलियाका कडा नियमहरूका कारण विगतदेखि नै चिनियाँ खोपहरू बिक्री हुन सकेका छैनन्। तर यीन वेडोङ्को भनाईमा यस पटक चिनियाँ खोपले विश्वास जित्नेछ।

चीनमा सरकारी स्वामित्वको समेत चारवटा कम्पनीले कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेका छन् जसमा सिनोभ्याक पनि एउटा हो।

सरकारी स्वामित्वको सिनोफार्मले दुई किसिमका खोपमाथि परीक्षण गरिरहेको छ भने सैनिक स्वामित्वको क्यानसिनोले पनि खोप निर्माण गरिरहेको छ। रासस/एपी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार