• बिहिबार, साउन १४ २०८३

कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु


शुक्रबार, असोज ९ २०७७
690
Shares

कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ७० वर्षीय पुरुष र मोरङका ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार सप्तरीको राजविराज ३ का पुरुषलाई ज्वरो, खोकी श्वासप्रश्वाशमा कठिनाइ र निमोनियाको लक्षण देखिनुका साथै कोरोनाभाइरसको संक्रमणपुष्टि भएपछि गजेन्द्र नारायणपिसंह अस्पताल राजविराजले रिफर गरेको थियो ।

गत २५ गते संक्रमण पुष्टि भएका उनमा अन्य दीर्घरोग बारे जानकारी नरहेको अस्पतालले जनाएको छ । उनको बिहीबार राति ११ बजे निधन भएको हो ।

यता, मोरङ कानेपोखरी १ का संक्रमितको पनि बिहीबार साँझ ८ः३० बजे निधन भएको थियो । विगतमा आन्द्राको क्यान्सर भएका उनको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्था थियो । उनको अपरेशन पश्चात उपचार भइरहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार