• बिहिबार, साउन १४ २०८३

पाल्पा पहिरोमा पुरिएका मध्ये २ महिलाको शव भेटियोः अपडेट


शुक्रबार, असोज ९ २०७७
730
Shares

पाल्पा । अविराल वर्षा सँगै आएको पहिरोले घर बगाउदा पाल्पामा बेपत्ता भएका ५ जना मध्ये शुक्रबार दिउँसो २ महिलाको शब फेला परेको छ ।

रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा बिहिबार बिहान पहिरोले घर पुरिदा ५ जना बेपत्ता भएका थिए । पहिरोमा परि ६३ वर्षीया हुम बहादुर गाहा, उनका श्रीमती ४७ वर्षीया धनी सरा, छोरी १६ वर्षीया कृष्णामाया गाहा, १४ वर्षीया नातिनी खुमिसरा आले र ७ वर्षीया नातिनी लक्ष्मी गाहा बेपत्ता भएका थिए ।

बेपत्तामध्ये आज दिउँसो दुई महिलाको शब भेटिएको सशस्त्र प्रहरी बल पाल्पाका प्रमुख अरुण सिंहले जानकारी दिए ।

बिहीबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि आज विहानबाट मात्रै बेपत्ताहरुको खोजी कार्य शुरु भएको हो ।

सुरक्षा निकाय, स्थानीयको सहयोगमा अहिले पनि बेपत्ताहरुको खोजी भैरहेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । बिहीबार नै पहिरोले घर पुरिदा सोही वडाकी २७ वर्षीया मोतीसरा गाहाको ज्यान गएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार