Modern metal handcuffs. Vector illustration in flat style
पोखरा । आइसोलेसनबाटै फरार एक कोरोना संक्रमित कैदी पक्राउ परेको छ ।
अर्जुन चौपारी गाँउपालिका रापाकोटका एक पुरुष पशुपंछी कसुर अन्तर्गत १२ दिन अगाडि पक्राउ परेको थियो । स्वाब परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।
कारागारमै उनलाई संक्रमण पुष्टि भएपछि भिरकोट नगरपालिका स्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा राखिएको थियो।
आइसोलेसनमा राखिएका उनी ७ गते राति ३ बजे शौचलय जाने बहानामा त्यहाँबाट फरार भएका हुन् ।
उनी फरार भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय, स्याङ्जाको टोलीले उनलाई फरार भएको १ दिन पछि फेला पारेको छ ।
उनलाई स्याङ्जा पुतलीबजार नगरपालिका लामागेबाट नियन्त्रणमा लिइएको स्याङ्जा प्रहरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजेन्द्र अधिकारीले जानकारी दिएका छन् ।
उनले कोरोना परिक्षणका लागि दोस्रो पटक दिएको स्वाबको नतिजा भने नेगेटिभ आएको छ ।