• बिहिबार, साउन १४ २०८३

कोरोनाबाट थप एक पुरुषको मृत्यु


शुक्रबार, असोज ९ २०७७
565
Shares

कोरोना संक्रमणबाट बाँकेमा थप एक जना पुरुषको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एकलैनी निवासी ५२ बर्षीय पुरुषको शुक्रवार विहान २ः२५ बजे मृत्यु भएको हो।

उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

मृतकको फोक्सोमा निमोनिया हुनुको साथै उच्च रक्तचाप समेत देखिएको श्रेष्ठले बताए।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी भदौ ६ गते राति ११ बजे अस्पतालमा भर्ना भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार