• सोमबार, साउन ११ २०८३

गण्डकी प्रदेशमा ४ जनामा रेम्डिसिभिर प्रयोग


शुक्रबार, असोज ९ २०७७
740
Shares


पोखरा । गण्डकी प्रदेशमा कोरोना विरुद्धको खोप ‘रेम्डिसिभिर’ नामक औषधी गम्भीर अवस्थाका ४ संक्रमितलाई लगाएको छ । विशेषगरी संक्रमणका कारण अक्सिजन कम भएका संक्रमितलाई यसको प्रयोग गर्दा सुधारसमेत देखिएको चिकित्सकले बताएका छन् ।

रेम्डिसिभिरको प्रयोगबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले अध्ययन गरिरहेकाले सीमित संख्यामा यो मुख्य अस्पतालहरुमा मात्र उपलब्ध छ । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा गम्भीर प्रकारका संक्रमितको उपचार हुँदै आएको छ ।

प्रतिष्ठानलाई स्वास्थ्य विभागमार्फत सरकारले १ सय वटा उपलब्ध गराएको छ भने प्रतिष्ठान आफैंले ३० वटा खरिद गरेको छ । यसको प्रयोगबाट एक जना निको भएर घर गइसकेका छन् भने बाँकी तीन जनाको उपचाार भइरहेको कोभिड अस्पतालका फोकल पर्सन डा. वुद्धिसागर लामिछानेले बताए ।

एक जनामा ६ वटासम्म प्रयोग हुने जानकारी दिँदै लामिछानेले अब २० जनासम्मलाई प्रयोग गर्न सकिने बताए । यसको प्रयोगबारे अध्ययन भइरहेकाले देशभरको अवस्था हेरेर एनएचआरसीले रिजल्र्ट सार्वजनिक गर्ने लामिछानेले जानकारी दिए ।

एनएचआरसीले अध्ययन गरिरहेकाले सबै ठाउँमा यो औषधी उपलब्ध नभएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार