• शनिबार, भाद्र २० २०८३

आज थपिए झण्डै १५ सय संक्रमित


बिहिबार, असोज ८ २०७७
680
Shares


वितेको २४ घण्टामा नेपालमा एक हजार चार सय ९७ जना कोरोना संक्रमित भएका छन्।

११ हजार चार सय ४९ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार आज ४५७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ५० हजार चार सय ११ पुगेको छ।

आज १८ हजार चार सय ३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

डा गौतमका अनुसार आज आठ हजार ६ सय १४ जना देशभरका संस्थागत आइसोलेसनमा छन् भने नौ हजार आठ सय २३ जना होम आइसोलेसनमा रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार