• आइतबार, भाद्र ७ २०८३

एकै परिवारका ३ जनामाथि धारिलो हतियार प्रहार गर्ने पक्राउ


बिहिबार, असोज ८ २०७७
800
Shares

Modern metal handcuffs. Vector illustration in flat style

एकै परिवारका तीन जनामाथी धारीलो हतियार प्रहार गरी फरार भएका व्याक्ति पक्राउ परेको छ ।

ताप्लेजुङको सिरीजंघा गाउँपालिका—८ याम्फुदिनको थिबुकमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार गरी फरार रहेका युवक बिहीबार दिउँसो याम्फुदिनको थिबुकबाटै लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुरमार श्रेष्ठले जानकारी दिए।

स्थानीय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षीया ठूली आमा फुटी भोटे, ठूलो बुवाको छोरा ३६ वर्षीय पासाङ भोटे र १८ वर्षीय छिरिङ भोटेलाई बुधबार मध्यराति हतियार प्रहार गरेका थिए।

धारिलो हतियार बाम्फोक (खुर्पा जस्तो हतियार) को प्रहारबाट उनीहरू गम्भीर घाइते छन्।तीनै जनाको याम्फुदिन स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लैजाने भनिएता पनि खराब मौसमका कारण रोकिएको छ।घटनास्थलमा प्रहरी पुगी थप अनुसन्धान गरिरहेको श्रेष्ठले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार