स्याङ्जा — एक कोरोना संक्रमित कैदी आइसोलेसनबाटै फरार भएको छ । भीरकोट नगरपालिकाअन्तर्गत कालिका सामुदायिक अस्पतालको आइसोलेसन सेन्टरमा उपचारत २८ वर्षीय युवक बिहीबार बिहान भागेका छन् ।
२ लाख रुपैयाँ धरौटी रकम बुझाउन नसक्दा १६ दिनदेखि जिल्ला कारागारमा बसेका अर्जुनचौपारी गाउँपालिका–४, रापाकोटका दीपक नेपालीलाई भदौ २८ गते कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले बताए ।
कोरोना पुष्टि भएपछि २८ गते नै कालिका अस्पतालको आइसोलेसन सेन्टरमा लगिएको जिल्ला प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए ।बिहानैदेखि जिल्ला प्रहरी कार्यालयबाटै खोजतलासका लागि प्रहरी टोली खटाइएको उनले बताए ।