• बिहिबार, साउन १४ २०८३

कुलेखानी जलाशयमा पानीको सतह वृद्धि


बिहिबार, असोज ८ २०७७
760
Shares


मकवानपुर । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण मुलुकको ठूलो कृत्रिम जलाशयमा पानीको सतह बढेको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा २४ घण्टाका अवधिमा झण्डै दुई मिटर पानीको सतह बढेको आयोजनाका कर्मचारी पूर्णबहादुर बलामीले जानकारी दिए ।

बलामीका अनुसार जलाधार क्षेत्रमा परेको अविरल वर्षाका कारण आज बिहानसम्म जलाशयको सतह समुद्री सतहबाट एक हजार ५ सय २१ दशमलव २१ मिटर पुगेको छ । अघिल्लो दिन सोही समयमा पानीको सतह एक हजार ५ सय १९ दशमलव ४८ मिटर थियो ।

कुलेखानी जलाशयमा समुद्री सतहबाट एक हजार ५ सय ३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमता छ । वर्षाका समयमा पानी सञ्चय गरेर हिउँदमा अन्य विद्युत्गृहमा विद्युत् उत्पादन कम भएका बेला यहाँ उत्पादन हुने गरेको छ । आयोजनाको पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट क्षमतामा विद्युत् उत्पादन हुन्छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार