• बिहिबार, साउन १४ २०८३

गण्डक ब्यारेजका सबै ढोका खोलियो


बिहिबार, असोज ८ २०७७
2.6K
Shares


काठमाडौँ । पछिल्लो केही दीनदेखी लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । नेपाल भारत सिमानामा रहेको ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेपछि सबै ढोका खोलिएको हो ।

नदीमा बुधबार साँझंबाट प्रतिसेकेन्ड तीन लाख १० हजार क्युसेक पानीको सतह पुगेपछि ब्यारेजका ३६ वटा ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी तारा सिहंले बताए । बिहीबार बिहान ९ बजे ब्यारेजमा तीन लाख १० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । तीन लाख क्युसेक प्रतिसेकेन्ड पानीको प्रवाहलाई खतराको सूचक मानिने भएकाले सबै ढोका खोलिएको सिहंले बताए ।

नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन आग्रह जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार