काठमाडौं । दुई दिनदेखी लगतार परीरहेको वषाले विभिन्न ठाँउमा पहिरो जाने क्रम बढिरहेको छ । ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा पहिरोले दुईवटा ट्रिपर र एउटा मोटरसाइकल पुरेको छ । पहिरोले पुर्दा ट्रिपर र मोटरसाइलमा सवार ५ जना घाइते भएका छन् ।
उनीहरुमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक प्रसाद राईले बताए । पहिरोका कारण बाटो अवरुद्ध भएको छ । घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भईरहेको छ ।