• शुक्रबार, असोज १६ २०८३

स्याङ्जामा पहिरोमा पुरिएका १० जनाको शव फेलाः अपडेट


बिहिबार, असोज ८ २०७७
805
Shares


अविराल वर्षा सँगै आएको पहिरोमा परी स्याङ्जाको वालिङ र कालिगण्डकीमा १० जनाको ज्यान गएको छ। एक जना गम्भीर घाइते भएकी छन्।

बिहीबार बिहान वालिङ नगरपालिका १४ मा गएको पहिरोमा परी २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपालीको मृत्यु भएको हो।

सोही घरका १४ वर्षीय विक्रम नेपाली, १९ वर्षीया विनिता नेपाली, २१ वर्षीय कुलदिप नेपाली र ७ महिनाको बच्चाको पनि ज्यान गएको छ।

पहिरोमा पुरिएका सबैको शव निकालिएको जिल्ला प्रहरी कार्यायल स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए।

पहिरोमा परी घाइते भएकी १५ वर्षीया मनिषा नेपालीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार