काठमाडौँ । नेपाली १२ लाख भन्दा बढी रुपैयासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतिय सीमानासंग जोडिएकोे सिम्रौनगढ नगरपालिका ९ बसवरिया नहर नजिकैबाट बारास्थित प्रहरीले नेपाली बाह्र लाख सोरहजार नक्कली नोट सहित दुई जनालाई बुधवार साँझ पक्राउ गरेको छ ।
उनीहरुको साथमा रहेकोे झोला भित्र प्लाष्टिकमा नोट लुकाई छिपाई राखेको अवस्थामा चेकजाँचको क्रममा फेला परेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका ५ सिंघासनी गाँउका २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तरगत झरौखर घरभएका २७ बर्षिय संदिप कुमार रहेको प्रहरी प्रवक्ता मिश्राले बताएका छन ।
चोरीका मोबाइल खरीदबिक्री भैरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ नक्कली नोट सहित उनीहरुलाई पक्राउ गरेको हो ।
साथै उनीहरुले प्रयोग गरेका बा.६४ प ९७०६ नं.को मोटर साईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ दुबैजनालाई जिल्ला नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।