• बिहिबार, साउन १४ २०८३

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कति ?


बिहिबार, असोज ८ २०७७
785
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको छ ।

यो साता घट्दो क्रममा रहेको सुनको मूल्य बिहीबारसम्म आइपुग्दा तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजवी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १ हजार १ सय २० रुपैयाँमा कारोबार भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार