काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा एक सरकारी कर्मचारीको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सत्यनारायण यादवको मृत्यु भएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताए ।
सत्यनायारायण जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी हुनुको साथै प्रमुख जिल्ला अधिकारीको भान्से पनि हुन् ।
११ दिनअघि उनको स्वाव परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
उनलाई राजविराज स्थित साईकृष्ण मेडिकल कलेज भवनको आईसोलेशनमा राखिएको थियो । उनको गएराती मृत्यु भएको बताइएको छ ।