• आइतबार, भाद्र ७ २०८३

कोरोनाबाट चितवनमा थप एकको मृत्यु


बिहिबार, असोज ८ २०७७
630
Shares


कोरोना संक्रमाण कारण चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक युवाको मृत्यु भएको छ।

तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो।

कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो। उपचारका क्रममा राति उनको मृत्यु भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार