• आइतबार, भाद्र ७ २०८३

सामाजिक सेवा दिवशमा गोरखाका जेष्ठ नागरिकलाई सम्मान


बिहिबार, असोज ८ २०७७
985
Shares

गोरखा । गैरसरकारी संस्था महासंघले ४१ औं सामाजिक सेवा दिवशका अवसरमा २५ जना बृद्धवृद्धालाई सम्मान गरेको छ ।

जेष्ठ नागरिक संघ गोरखाको सहकार्य तथा गुड नेवर्स इन्टरनेशनल, केयर नेपाल, स्वाँरा सघन गाउँविकास केन्द्र र पद्धती विकास सेवा केन्द्रको आर्थिक सहयोगमा बृद्धबृद्धालाई लठ्ठी, हरलिक्स लगायतका सामाग्री सहयोग समेत गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको गैसस महासंघ गोरखाका अध्यक्ष सीताराम श्रेष्ठले जानकारी दिए ।

जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, गोरखा नगरपालिकाका उपप्रमुख विना कुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी तिर्थाज भट्टराई लगायतले मन्तब्य राखेका महासंघका सचिव हरी देवकोटाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार