• सोमबार, साउन ११ २०८३

भक्तपुरबाट काेराेना संक्रमित भागेर गोरखा आएपछि‍‍‍…


बिहिबार, असोज ८ २०७७
635
Shares

गोरखा । केहिदिन अघि भक्तपुरबाट गोरखा आएकी एक महिला काेराेना संक्रमित रहेकाे पाइएकाे छ । गत साेमबार भक्तपुर बस्दै आएकी ५१ बर्षिय महिला आफ्नाे घर सिरानचाेक गाउँपालिका ७ खहरे आइपुगेकी थिइन ।

केहिदिन अघि भक्तपुरमै रहदा काेराेना भाइरसकाे संक्रमण पाेजेटिभ आएपछि उनि भागेर सिरानचाेक स्थित खहरेमा रहेकाे घरमा आएकाे खुलेकाे स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजु रमण न्याैपानेले बताए ।

उनि भक्तपुरबाट ट्याक्सी लिएर खहरे पुगेकाे खुलेकाे छ । तर घर आएपछि गाउँ तथा खहरे बजारमा समेत उनी गएकाे पाइएकाे छ । अहिले खहरे बजार क्षेत्रलाई सिल गर्ने तयारीका बारे समेत छलफल भइरहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार