गोरखा । बुधबार गोरखामा पाँच जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा ४ पुरुष र १ महिला रहेको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजु रमण न्यौपानेले जानकारी दिए ।
जसमा एक जा गोरखा नगरपालिकाका हुन । उनि गोरखा नगरपालिका ८ घर भई भारतिय सेनामा कार्यरत रहेको र केहि दिनअघि घर आएर होम क्वारेनटाइन बसेका रहेको बताइएको छ ।
त्यस्तै अर्का पालुङटारका पुरुष हुन । उनि चुमनुब्री गाउँपालिकामा कार्यरत शिक्षक रहेको बताइएको छ ।
त्यस्तै अर्का बबई गाउँपालिका दाङ घर भई चुमनुब्रीमा वडा सचिवका रुपमा कार्यरत रहेको र केहि महिनादेखि गोरखा सदरमुकाम क्षेत्रमा बस्दै आएका रहेको बताइएको छ । त्यस्तै थपिएका मध्ये अर्का एक समेत चुमनुब्री कै शिक्षक रहेको बताइएको छ ।
लकडाउनपछि पहिलो पल्ट चुमनुब्री जान लागेकाले केहिदिनअघि सदरमुकाममा उनिहरुसहित २८ जनाको पिसिआर परिक्षण गरिएको थियो । जसमध्ये ३ जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
त्यस्तै थपिएका अर्का सिरानचोक गाउँपालिकाका महिला हुन । उनि केहि दिनअघि भक्तपुरमा पोजेटिभ रिपोर्ट आएपछि गोरखा भागेर आएकी महिला रहेको बताइएको छ ।