• बिहिबार, साउन १४ २०८३

महिला सशक्तिकरण संचार समाजमा खनाल


बुधबार, असोज ७ २०७७
930
Shares

अजिमा खातुन
डुम्रे ।
महिला सशक्तिकरण संचार समाज तनहुँको अध्यक्षमा प्रकृति खनाल चयन भएकी छिन् । संचारकर्मी महिलाहरूको बुधबार दमौलीमा सम्पन्न एक भेलाले खनालको अध्यक्षतामा १३ सदस्यीय प्रारम्भिक कार्य समिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा बिमला दुवाडी, द्वितीय उपाध्यक्षमा शिला वाग्ले, सचिवमा अञ्जु दाहाल, कोषाध्यक्षमा सुनिता आचार्य र सह सचिवमा ममता गुरूङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा सम्झना रसाइली,अजिमा खातुन, बिन्दु नैनाबस्ती, कोपिला सुनार, मनु सापकोटा, शर्मिला वि।क र अस्मिता खनाल सर्वसमत चयन भएका हुन ।

जिल्लामा रही संचारक्षेत्रमा समन्वयत्मक हिसाबले यस क्षेत्रमा लागेका महिलाहरूको पेसागत तथा कार्यक्षमता अभिवृद्धिमा गराउने हेतुले संस्था गठन गरिएको नवनिर्वाचित अध्यक्ष खनालले बताइन।

समाजले तनहुँ कार्यक्षेत्र बनाई संचार संस्थासंग आवद्व महिलाहरूको हकहितमा काम गर्ने उनको भनाई छ । समाजको अगामी बैठकबाट तनहुँका प्रत्येक स्थानीय तहमा संयोजक तोकी सशक्तिकरणका कार्यक्रमहरू प्रभावकारी तवरले शुरू गर्ने समाजको योजना छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार