• बिहिबार, साउन १४ २०८३

सृजनाले ल्याए ‘मेरो प्रित तिमीलाई’


बुधबार, असोज ७ २०७७
810
Shares

काठमाडौं । चर्चित आरजे सृजना डंगोल राम्रो गीतकार पनि हुन् । उनकै शब्द रहेको गीत ‘मेरो प्रित तिमीलाई’ सार्वजनिक भएको छ ।

प्रेमीले आफ्नो प्रेम बुझ्न नसकेकोमा गुनासो गरिएको गीतमा प्रेम र समर्पणको कुरा पनि गरिएको छ ।

गायिका रोजिना गुरुङको स्वर रहेको गीतमा ओक कर्माचार्यको संगीत तथा विनय गुरुङको संगीत संयोजन रहेको छ ।

न्युयोर्कको रमणीय स्थानमा छायाँकन भएको गीतको भिडियोमा गायिका रोजिनाकै अभिनय रहेको छ । भिडियो छायाँकन, सम्पादन र निर्देशक कोम कर्माचार्यले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार