काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ४ सय ९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।