• बिहिबार, साउन १४ २०८३

वन्यजन्तुको आखेटोपहारसहित एक जना पक्राउ


बुधबार, असोज ७ २०७७
935
Shares


पोखरा — प्रहरीले वन्यजन्तुको आखेटोपहारसहित पोखराबाट एक जनालाई पक्राउ गरेको छ ।

विभिन्न वन्यजन्तुको आखेटोपहारसहित प्रहरीले मंगलबार साँझ धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई पक्राउ गरेको हो ।

आखेटोपहारको अवैध ओसारपसार र कारोवार हुदै गरेको सूचनाका आधारमा उनलाई पोखरा–३१ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कास्की जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको टोलीले सिसुुवाबाट वनपोखरीतर्फ जाने क्रममा प्रदेश नं.३–०२–०११ प ७८०६ नम्बरको मोटरसाकलमा जेब्रा झोलामा लुकाइराखेको अवस्थामा सामान बरामद भएको हो ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार लामिछानेको साथबाट चितुवाको छाला १, सालकको खपेटा १, वन्यजन्तुको हाड, खुट्टा तथा पंजा ३ कलिो ७ सय ५० ग्राम बरामद भएको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार