• आइतबार, साउन १७ २०८३

पहिरो जाँदा दुई सवारीसाधन पुरिए


बुधबार, असोज ७ २०७७
615
Shares


धादिङ । पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् । सडकमाथिबाट आएको पहिरामा परी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुिग्लनबाट काठमाडौँ आउँदै गरेको एचआर ३३–९९०१ नंको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

गजुरी गाउँपालिका–१ स्थित गलौँदीमा बिहान सडक माथिबाट आएको पहिराले सडकमा गुडिरहेका सवारीसाधन पुरिएका हुन् । अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अवरुद्ध हुँदा सयौं सवारीसाधन रोकिएका छन् । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र गाउँपालिकाको पहल भइरहेको छ ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार